धरानमा प्रमुख पदका स्वतन्त्र उम्मेदवारमा सबैको ध्यान केन्द्रित
धरान, जेठ ५ : गएको शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसले अग्रता कायम राखेको...
धरान, जेठ ५ : गएको शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ।
धरान उपमहानगरपालिका
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसारमा पछिल्लो परिणामअनुसार धरान उपमहानगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसका किशोर राईले छ हजार ९६५ मत प्राप्त गरी अग्रता कायम राखेका छन भने सोही पदमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले छ हजार ८५७ र नेकपा एमालेका मञ्जु भण्डारी सुवेदीले पाँच हजार ५४२ मत प्राप्त गरी पछ्याइरहेकी छन।
स्वतन्त्र उम्मेदवार हर्कले कांग्रेसका उम्मेदवार राईभन्दा १०८ मत प्राप्त गरेका छन। उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का अइन्द्रविक्रम बेघा सात हजार ७६२ मत प्राप्त गरी अग्रस्थानमा छन भने उनका प्रतिस्पर्धी एमालेका पद्मप्रसाद लिम्बूले सात हजार ३३५ मत प्राप्त गरी पछ्याइरेका छन।
बीस वटा वडा रहेको धरानमा ११ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ। चार वटा वडामा वडाध्यक्ष नेपाली कांग्रेस, छवटा वडामा वडाध्यक्ष नेकपा एमाले र एकमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन्।
इटहरी उपमहानगरपालिका
इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका हेमकर्ण पौडेलले ११ हजार ५३५ मत प्राप्त गरी अग्रस्थानमा छन। एमालेका यामबहादुर चुङवाङ सुब्बाले नौ हजार २११ मत प्राप्त गरी पौडेललाई पछ्याइरेका छन। उपप्रमुखमा एमालेका सङ्गीताकुमारी चौधरीले १० हजार ३२३ मत प्राप्त गरी अग्रता लिएकी छन। उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टले सात हजार ६७ मत प्राप्त गरेका छन।
बीस वटा वडा रहेको यस पालिकामा छ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। जसमा दुई वटा वडामा वडाध्यक्ष नेपाली कांग्रेस र चार वटा वडामा नेकपा एमालेका उम्मेदवारले वडाध्यक्ष पदमा जित हासिल गरेको बताइएको छ।











