Kathmandu Press

असी प्रतिशत तहको मतगणना सम्पन्न

असी प्रतिशत तहको मतगणना सम्पन्न

काठमाडाैं, जेठ ५ : स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ८० प्रतिशत तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुुसार आज दिउँसो ३ः३० बजेसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ।

हालसम्म प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाध्यक्षमा पाँच हजार ६५९, महिला सदस्य पाँच हजार ६५३, दलित महिला सदस्य पाँच हजार ५५६ र वडा सदस्यमा ११ हजार २९५ गरी कूल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भएका छन्। आयोगले अबको पाँच दिनभित्र बाँकी पालिकाको गणना सकिने विश्वास लिएको छ।

प्रकाशित मिति: १८:२४ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्