Kathmandu Press

चीनको सांघाइमा घट्यो कोरोनाको संक्रमण

सांघाइ, जेठ ५ : चीनको सांघाइमा कोरोनाको संक्रमण घटेको पाइएको छ। यहाँ गएको २४ घन्टामा यहाँका स्थानीय स्तरमै संक्रमित भएकाको संख्या ८२ मात्र...
चीनको सांघाइमा घट्यो कोरोनाको संक्रमण

सांघाइ, जेठ ५ : चीनको सांघाइमा कोरोनाको संक्रमण घटेको पाइएको छ। यहाँ गएको २४ घन्टामा यहाँका स्थानीय स्तरमै संक्रमित भएकाको संख्या ८२ मात्र रहेको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा चीनको सांघाइ सहरमा संक्रमित व्यक्तिमध्ये ८२ जना स्थानीय स्तरमै संक्रमित भएकाहरु पाइएका छन्।

उता यहाँ बाहिरबाट आएका अन्य संक्रमितहरु भने २६३ जना रहेका छन्। ती संक्रमितहरु विदेश तथा चीनका अरु सहरबाट आएकामा पाइएको बताइएको छ। पछिल्लो केही दिनयता कोरोनाभाइरसका संक्रमितको संख्या केही मात्रामा घट्न थालेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

सांघाइ म्युनिसिपल हेल्थ कमिसनले दिएको जानकारीअनुसार यहाँ तीन हप्ता अघि दैनिक कम्तीमा २ हजार देखि माथि नै पाइने गरेका संक्रमितहरुको संख्या अहिले घटेको छ। पछिल्ला केही दिनयता संक्रमित व्यक्तिको संख्या घट्न थालेको स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन्। चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या प्रत्येक दिन घट्दै गएका बताइएको छ।

प्रकाशित मिति: १८:१६ बजे, बिहीबार, जेठ ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्