Kathmandu Press

भारतमा एक दिनमा दुई हजार ३६४ कोरोना सङ्क्रमित

नयाँ दिल्ली, जेठ ५ : भारतमा गत २४ घण्टाको अवधिमा दुई हजार ३६४ व्यक्तिमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। याे सँगै भारतमा...
भारतमा एक दिनमा दुई हजार ३६४ कोरोना सङ्क्रमित

नयाँ दिल्ली, जेठ ५ : भारतमा गत २४ घण्टाको अवधिमा दुई हजार ३६४ व्यक्तिमा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। याे सँगै भारतमा काेराेना संक्रमितकाे संख्या  चार करोड ३१ लाख २९ हजार ५६३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १० को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार ३०३ पुगेको छ। यस समयमा भारतमा ७५३ सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १५ हजार ४१९ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।

चौविस घण्टाको समयावधि अर्थात बुधबार मध्यरातिसम्म दुई हजार ५६२ कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ८७ हजार २५९ लाई कोरोना सङ्क्रमण निको भएको छ।

प्रकाशित मिति: १८:१३ बजे, बिहीबार, जेठ ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्