Kathmandu Press

धनुषाको कमलामा कांग्रेस र सहिदनगरमा जसपा विजयी

धनुषा, जेठ ५ : धनुषाको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्षलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।प्रमुखमा विशेश्वर यादवले जसपाका पशुपति यादवलाई १...
धनुषाको कमलामा कांग्रेस र सहिदनगरमा जसपा विजयी

धनुषा, जेठ ५ : धनुषाको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्षलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

प्रमुखमा विशेश्वर यादवले जसपाका पशुपति यादवलाई १ हजार २८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्। निर्वाचित विशेश्वरले ३ हजार ८ सय ८७ मत पाउँदा पशुपतिले २ हजार ८ सय ५९ मत मात्र प्राप्त गरे।

Hardik ivf

उपप्रमुखमा पनि कांग्रेसकै उम्मेदवार शिलादेवी मण्डल ३ हजार ८ सय ८७ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी पुनिता कुमारीले दुई हजार ७६६ मत मात्र ल्याइन्।

त्यसैगरी सहिदनगर नगरपालिकाको प्रमुखमा जसपा र उपप्रमुख नेपाली कांग्रेस विजयी भएका छन्।
शहीदनगर नगरपालिकामा प्रमुख जनता समाजवादी पार्टी ९जसपा० र उपप्रमुखमा नेपाली कांग्रेसले जितेको छ । 

प्रमुखमा दिनेश यादवले पाँच हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधीरकुमार गोइतले ४ हजार १०५ मत प्राप्त गरे। उपप्रमुखमा सुनिताले चार हजार ९३१ मत ल्याएर निर्वाचित हुँदा जसपाको लक्ष्मीनिया कुमारी मण्डलले चार हजार ७९१ मत प्राप्त गरे। 

प्रकाशित मिति: १६:१६ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्