Kathmandu Press

सुनवल नगरमा एमालेको नेतृत्व

नवलपरासी, जेठ ५ : गठबन्धनलाई हराउँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेस तथा माओवादी केन्द्रबीचको...
सुनवल नगरमा एमालेको नेतृत्व

नवलपरासी, जेठ ५ : गठबन्धनलाई हराउँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेस तथा माओवादी केन्द्रबीचको गठबन्धनलाई पराजित गर्दै नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले विजयी हासिल गरेको हो। 

तीन हजार २१८ मतको अन्तरले गठबन्धनका उम्मेदवार अर्जुनकुमार पोखरेललाई हराउँदै नगर प्रमुखमा एमालेको बिमला अर्याल ९०८ मतको फराकिलो अन्तरले विजयी भए। यस्तै चार हजार ९०८ को अन्तरले गठबन्धनका उपप्रमुखका उम्मेदवार लेखनाथ खरेललाई हराउँदै एमालेका सूर्यप्रसाद दुवे निर्वाचित भएका छन्। 

Hardik ivf

प्रमुखमा पराजित पोखरेल नेपाली कांग्रेसबाट र उपप्रमुखमा पराजित खरेल माओवादीबाट उम्मेदवार रहेका थिए। निर्वाचित अर्यालले १४ हजार ८३८ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी पोखरेलले ११ हजार ६२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

उपप्रमुखमा निर्वाचित दुवेले तेह्र हजार ७९८ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्द्वी खरेलले आठ हजार ८९० मत पाएका हुन्। यसअघिको निर्वाचनमा सुनवल नगरको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले निर्वाचित भएको थियो। 

१३ वडा रहेको यस नगरमा सात वडा एमालेले जितेको छ भने कांग्रेसले पाँच र माओवादीले एक वडा जितेको छ। वडा नं १ र २ मा एमालेका मनबहादुर थापा र राजेन्द्र यादव, ३ मा कांग्रेसका पविन गुरुङ, ४ मा एमालेका बालकृष्ण पङ्गेनी, ५ मा कांग्रेसका नेत्रलाल तिवारी र ६ को वडाध्यक्षमा एमालेका हिमलाल शर्मा निर्वाचित हुनुभएको छ। 

त्यस्तै ७ को वडाध्यक्षमा माओवादीका नारायण आचार्य, ८ मा कांग्रेसका देवबहादुर गुरुङ, ९ र १० मा एमालेका वीरबल चौधरी र दिलबहादुर थापा, ११ र १२ मा कांग्रेसका कमलप्रसाद च्वाई र चुडामणि पौडेल र वडा नं १३ मा एमालेका कृष्णप्रसाद बगाले निर्वाचित भएका हुन्। 

४६ हजार ३०१ मतदाता रहेको सुनवल नगरमा स्थानीय तह निर्वाचनमा विभिन्न ५० मतदान केन्द्रबाट ३४ हजार ४७८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १५:४६ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्