कैलालीको कैलारीमा कांग्रेस निर्वाचित

कैलाली, जेठ ५ : कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित भएको छ। चौधरीले १० हजार ४९२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका लाजुराम चौधरीले ६ हजार ४३० मत प्राप्त गरेका छन्।
यस्तै उपाध्यक्षमा कांग्रेसकै भगवतीकुमारी चौधरीले १० हजार ४८४ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिस्पर्धी माओवादीका लक्ष्मी सत्गौवा थारुले ६ हजार ४ सय ७७ मत प्राप्त गरेका छन्।
३६ हजार ७३५ मतदाता रहेको कैलारीमा २८ हजार ६७५ मत खसेको थियो। यसमध्ये ३ हजार ९४० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यस गाउँपालिकाको वडा नं ३ मा माओवादीबाट दलित महिला सदस्यबाहेक वडा १ देखि ९ सम्म पुरै प्यानलसहित कांग्रेसले विजयी हासिल गरेको छ।
प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












