Kathmandu Press

मोरङको बूढीगङ्गामा कांग्रेसको जित

काठमाडाैं, जेठ ५ : गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बुढीगंगा गाउँपालिकाको अन्तिम मतपरिणाम आज (बिहीबार) सार्वजनिक भएको छ।प्रदेश निर्वाचन कार्यालय विराटनगरका...
मोरङको बूढीगङ्गामा कांग्रेसको जित
Hardik ivf

काठमाडाैं, जेठ ५ : गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बुढीगंगा गाउँपालिकाको अन्तिम मतपरिणाम आज (बिहीबार) सार्वजनिक भएको छ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेसका जितनारायण थापा मगरले ८ हजार २९९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बलभद्र सरदार थारुले ७ हजार ८८० मत प्राप्त गरेका थिए।

उपाध्यक्षमा कांग्रेसकी अमृताकुमारी गच्छदारले नौ हजार ५० मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिद्वन्दी एमालेका तुलसीकुमारी कुँवरले ६ हजार २ सय २३ मत प्राप्त गरेका थिए।
    
विगतमा एमालेको वर्चस्व रहेको सो पालिकामा यस वर्षको निर्वाचनमा पाँच वडामा वडाध्यक्ष पदमा कांग्रेस, एमाले र अर्कोमा माओवादी केन्द्रका उम्मेदवारले जित हासिल गरेका छन्। जिल्लामा अब नौ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १३:५६ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्