Kathmandu Press

महोत्तरीको एकडारामा जसपाको नेतृत्व

महोत्तरी, जेठ ५ : महोत्तरीको एकडारा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) को नेतृत्व चुनिएको छ। अध्यक्षमा दीपनारायण मण्डलले ४ हजार...
महोत्तरीको एकडारामा जसपाको नेतृत्व

महोत्तरी, जेठ ५ : महोत्तरीको एकडारा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) को नेतृत्व चुनिएको छ। अध्यक्षमा दीपनारायण मण्डलले ४ हजार ४९९ मत ल्याएर विजयी भएका छन्।

उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का रामछविला साहले दुई हजार ४११ मत प्राप्त गरेका छन्। त्यसैगरी उपाध्यक्षमा महजबी खातुनले चार हजार ७७१ मत ल्याएर विजयी भएका छन्। 

महजवी लगातार दोस्रो पटक उपाध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी रौकसाना खातुनले २ हजार ७६ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: १३:४४ बजे, बिहीबार, जेठ ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्