तुलसीपुर उपमहानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
दाङ, जेठ ५ : तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा गठबन्धनका तर्फबाट कांग्रेसले अग्रता लिएको छ।पछिल्लो मतपरिणामअनुसार गठबन्धनका तर्फबाट नगरप्रमुखमा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले चार...
दाङ, जेठ ५ : तुलसीपुर उपमहानगरपालिकामा जारी मतगणनामा गठबन्धनका तर्फबाट कांग्रेसले अग्रता लिएको छ।
पछिल्लो मतपरिणामअनुसार गठबन्धनका तर्फबाट नगरप्रमुखमा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले चार हजार ६१३ मत प्राप्त गर्नुभएको छ भने एमालेका नगर प्रमुखका उम्मेदवार टीकाराम खड्काले चार हजार ४०३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनीहरुबीच २१० को मतान्तर रहेको छ।
त्यस्तै उपप्रमुखमा भने एमालेका स्यानी चौधरीले अग्रता लिएकी छन्। एमालेका उपप्रमुखका उम्मेदवार चौधरीले ४ हजार २२६ र गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर रानाले ३ हजार ७३८ मत प्राप्त गरेका छन्।
उनीहरुबीच ४८८ को मतान्तर छ । यसअघि तुलसीपुर–१ मा गठबन्धबाट होमकान्त सापकोटा निर्वाचित भएका हुन्। वडा २ बाट एमालेका भीमबहादुर कुँवर योगी निर्वाचित भइसकेका छन्।
अहिले वडा ३, ४ र ५ को मतगणा जारी छ। तुलसीपुरमा १ लाख १ हजार ४ सय ६० मतदाता रहेकामा ७४ हजार ३ सय ३६ ले मतदान गरेका थिए।












