Kathmandu Press

मध्यविन्दु नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

नवलपरासी, जेठ ५ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)ंका उम्मेदवार निर्वाचित भएका छन्। प्रमुखमा एमालेका भीमलाल अधिकारी निर्वाचित भए। अधिकारीले १६...
मध्यविन्दु नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

नवलपरासी, जेठ ५ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन्। 

प्रमुखमा एमालेका भीमलाल अधिकारी निर्वाचित भए। अधिकारीले १६ हजार २१२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सूर्यबहादुर गुरुङले १४ हजार ६४५ मत प्राप्त गरे।

उपप्रमुखमा एमालेकै पूर्णकला चौधरी निर्वाचित भए । चौधरीले १६ हजार १२२ मत प्राप्त गरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी टीककुमारी महतोले १४ हजार ६२४ मत प्राप्त गरिन्। पन्ध्र वडा रहेको मध्यविन्दुमा १० वडामा एमाले तथा पाँचमा कांग्रेस निर्वाचित भएको छ।  

प्रकाशित मिति: ११:१४ बजे, बिहीबार, जेठ ५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्