Kathmandu Press

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता

धनुषा, जेठ ५ : जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै लगेका छन्  ।साहले पाँच हजार ६१ मत प्राप्त गरेका छन्।...
जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता

धनुषा, जेठ ५ : जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता बढाउँदै लगेका छन्  ।

साहले पाँच हजार ६१ मत प्राप्त गरेका छन्। एमालेका शिवशङ्कर साह तीन हजार २३१ मतका साथ दोस्रो, लोसपाका मनोज चौधरी एक हजार ४८८ मत प्राप्त गरी तेस्रो र स्वतन्त्र उम्मेदवार बलराम महतो एक हजार ४०८ मतका साथ चौथोे स्थानमा रहेका छन्। निवर्तमान नगरप्रमुखसमेत रहनुभएका गठबन्धनका लालकिशोर साह एक हजार २८३ मतका साथ पाँचौँ स्थानमा छन्।  

उपप्रमुखमा कांग्रेसकी किशोरी साहले अग्रता कायम राखेकी छन् । उनले पाँच हजार ३९५ मत प्राप्त गरिन् । एमालेकी रुना झाले तीन हजार ५६४ मतका साथ उनलाई पछ्याइ रहेकी छन् ।  

प्रकाशित मिति: १०:५८ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्