Kathmandu Press

वर्ल्डलिंकको २ सय एमबीपीएस इन्टरनेट अब ११ सयमै

काठमाडाैं, जेठ ५  : २ सय एमबीपीएसको वल्र्डलिंकको इन्टरनेल सेवाग्राहीले अब ११ सय रुपैयाँमा प्रयोग गर्न पाउने भएका छन्। नेट टिभी प्रयोग नगर्ने...
वर्ल्डलिंकको २ सय एमबीपीएस इन्टरनेट अब ११ सयमै

काठमाडाैं, जेठ ५  : २ सय एमबीपीएसको वल्र्डलिंकको इन्टरनेल सेवाग्राहीले अब ११ सय रुपैयाँमा प्रयोग गर्न पाउने भएका छन्। नेट टिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ प्याकेज ल्याएसँगै सेवाग्राहीले २ सय एमबीपीएसको इन्टरनेट ११ सय रुपैयाँमै प्रयोग गर्न पाउने भएका हुन्।

नयाँ प्याकेज अन्तर्गत २ सय एमबीपीएसको ३ महिने प्याकेज वल्र्डलिंकले ३ हजार ३ सय रुपैयाँमा उपलब्ध गराउने छ। यो प्याकेज बजारमा उपलब्ध भएका मध्ये सर्वसुलभ भएको बताइएका ेछ।

यो प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबल र डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको छ । केवल राउटरका लागि एक हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने छ ।

‘राउटर डिपोजिट र इन्टरनेट शुल्क बाहेक ग्राहकले थप अन्य कुनै पनि शीर्षकमा शुल्क तिर्नु नपर्ने कम्पनीले जनाएको छ। । नयाँ प्याकेजबाट विशेषगरि नेटटिभी आवश्यक नपर्ने ग्राहक लाभान्वित हुने अपेक्षा कम्पनीको छ । २ सय एमबीपीएसको यो नयाँ प्याकेजमा नेटटिभी बाहेकका सुविधा भने उपलब्ध हुने छ ।

जसअनुसार ग्राहकले पाँच ओटा डिभाइसमार्फत कम्पनीका १४ हजारभन्दा बढी वाईफाई हटस्पटमा अनलिमिटेड डेटा चलाउन सकिने ‘वाईफाई मोबिलिटी’को सुविधा पाउनेछन् । यसका साथै ‘तुरुन्तै सर्भिस ग्यारेन्टी’ को रुपमा इन्टरनेटमा समस्या आउँदा दुई घण्टाभित्र समाधान नभए थप दुई दिनको इन्टरनेट सुविधा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यस्तै, ‘टाइम ब्याक’ अर्थात् इन्टरनेट अवरुद्ध भएको समय समेत थप हुने कम्पनीले जनाएको छ । यो प्याकेज विद्यमान ग्राहकहरूका लागि समेत उपलब्ध हुने छ ।

गुणस्तरीय सेवा कायम गर्दै ग्राहकका लागि सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउन लागिपरेको कम्पनीले बताएको छ । नेटटिभी आवश्यक पर्ने ग्राहकले भने चार हजार ५० रुपैयाँमा कम्पनीको २ सय एमबीपीएसको तीन महिने प्याकेज लिन सक्नेछन् ।

प्रकाशित मिति: १०:०८ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्