Kathmandu Press

वेदकोट नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी

महेन्द्रनगर, जेठ ५ : कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।वेदकोटको मेयर भोजराज बोहरा र उपमेयरमा तुलसी जोशी निर्वाचित भएका हुन्।...
वेदकोट नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी

महेन्द्रनगर, जेठ ५ : कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

वेदकोटको मेयर भोजराज बोहरा र उपमेयरमा तुलसी जोशी निर्वाचित भएका हुन्। मेयरमा बोहराले आठ हजार ७८ मत पाए। उनका प्रतिस्पर्धी नेकपा (एमाले) की सुशीला सिंहले चार हजार ७४० मत पाइन्।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामचन्द्र रेग्मीले तीन हजार ८९८ पाए। एकीकृत समाजवादी र माओवादीले तालमेल गरेको थियो।

उपमेयरमा कांग्रेसकी जोशीले सात हजार २५४ मत पाइन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी पार्वतीकुमारी भट्टले पाँच हजार ७२७ मत पाइन्।

प्रकाशित मिति: ०७:३२ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्