Kathmandu Press

चापाकोट नगरपालिकामा कांग्रेस विजयी

स्याङ्जा, जेठ ५ : स्याङ्जाको चापाकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।मेयरमा कांग्रेसका देवबहादुर खाँण ९३५ मतान्तरले निर्वाचित भएका...
चापाकोट नगरपालिकामा कांग्रेस विजयी

स्याङ्जा, जेठ ५ : स्याङ्जाको चापाकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

मेयरमा कांग्रेसका देवबहादुर खाँण ९३५ मतान्तरले निर्वाचित भएका छन्। उनले सात हजार ४९० मत प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेका राजु कोइरालाले ६ हजार ५५५ मत प्राप्त गरे।

Hardik ivf

त्यस्तै उपमेयरमा कांग्रेसकै इशा राना एक हजार ३७ मतान्तरले विजयी भइन्। उनले सात हजार ४१३ मत प्राप्त गर्दा प्रतिस्पर्धी सृष्टि मल्लले ६ हजार ३७६ मत प्राप्त गरिन्।

१० वटा वडा रहेको चापाकोट नगरपालिकामा वडा नंं ३, ४, ५, ६, ८ मा नेपाली कांग्रेस, १, २, ७, ९ र १० मा नेकपा एमालेका वडा अध्यक्ष विजयी भएका छन्।

 

प्रकाशित मिति: ०७:२४ बजे, बिहीबार, जेठ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्