रुकुम पूर्वको पुथा उत्तरगङ्गामा माओवादी विजयी
रुकुम पूर्व, जेठ ५ : पुथाउत्तरगङ्गा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन्।अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा निर्वाचित भएका...
रुकुम पूर्व, जेठ ५ : पुथाउत्तरगङ्गा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार विजयी भएका छन्।
अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा निर्वाचित भएका छन्। घर्तीले तीन हजार ९१३ तथा बुढाले चार हजार ५९ मत पाए।
अध्यक्षमा नेपाली कांग्रेसका तेजेन्द्र बुढाले दुई हजार ११३ र उपाध्यक्षमा कांग्रैसकै कमलाकुमारी मल्लले दुई हजार १० मत पाए।
चौध वडा रहेको गाउँपालिकामा ११ मा माओवादी विजयी भएको छ भने एक÷एक वडामा एमाले र कांग्रेसले जितेका छन्। एउटा वडामा एमाले र कांग्रेसको गठबन्धनले जित हासिल गरेको छ।
पुथा उत्तरगङ्गामा २०७४ को चुनावमा पनि माओवादीले १० वडामा तथा एमाले र कांग्रेसले दुई दुई वडामा जित हासिल गरेका थिए।
प्रकाशित मिति: ०७:१५ बजे, बिहीबार, जेठ ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











