Kathmandu Press

बागलुङका दुई पालिकामा जनमोर्चाको जित

बागलुङ, जेठ ४ : राष्ट्रिय जनमोर्चा (राजमो) यहाँका दुई स्थानीय तहमा विजयी बनेको छ। गठबन्धनबाट उम्मेदवार बनेका राजमोका नरबहादुर पुन जैमिनी नगरपालिकाको प्रमुख...
बागलुङका दुई पालिकामा जनमोर्चाको जित

बागलुङ, जेठ ४ : राष्ट्रिय जनमोर्चा (राजमो) यहाँका दुई स्थानीय तहमा विजयी बनेको छ। गठबन्धनबाट उम्मेदवार बनेका राजमोका नरबहादुर पुन जैमिनी नगरपालिकाको प्रमुख र कृष्णप्रसाद शर्मा बरेङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन।

विसं २०७४ को स्थानीय तह चुनावमा कांग्रेसका उम्मेदवारसँग पराजित भएका पुन यो पटकको चुनावमा नेकपा (एमाले)का उम्मेदवारलाई भारी मतान्तरले पछि पार्दै प्रमुखमा विजयी बनेका हुन।

Hardik ivf

पुनले आठ हजार ७५५ मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका लीला रानाले जम्मा दुई हजार ८७३ मत प्राप्त गरेका थिए।

यस्तै बरेङको अध्यक्षमा विजयी राजमोका शर्माले तीन हजार ६०१ मत प्राप्त गरी एमालेका प्रदीप थापालाई पराजित गरेका हुन। थापाले जम्मा दुई हजार २३२ मत ल्याएका थिए। जैमिनीको उपप्रमुख र बरेङको उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी बनेको छ। विसं २०७४ को चुनावमा बरेङमा मात्र विजयी बनेको राजमो अहिलेको चुनावमा भने गठबन्धनको बलमा दुई पालिका जित्न सफल भएको छ।

मतगणना जारी रहेका काठेखोला र बडिगाड गाउँपालिकाको उपाध्यक्षमा पनि राजमोका उम्मेदवारको अग्रता छ। अहिलेसम्म जिल्लाका आठ स्थानीय तहको अन्तिम मत परिणाम आइसकेको छ। नेपाली कांग्रेस चार, राजमो दुई, माओवादी केन्द्र एक र एमाले एक स्थानमा विजयी बनेको छ।

मतगणना चलिरहेको काठेखोला र बडिगाड गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसकै उम्मेदवारको अग्रता छ। विसं २०७४ को चुनावमा यी दुवै गाउँपालिकामा एमाले विजयी बनेको थियो।

प्रकाशित मिति: १९:२३ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्