Kathmandu Press

भारतीय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष पटेलद्धारा पार्टी परित्याग

अहमदावाद, जेठ ४ : भारतीय राष्ट्रिय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष हार्दिक पटेलले पार्टी परित्याग गरेका छन। पार्टीको प्रदेश नेतृत्वप्रति केही समयदेखि असन्तुष्टि व्यक्त...
भारतीय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष पटेलद्धारा पार्टी परित्याग

अहमदावाद, जेठ ४ : भारतीय राष्ट्रिय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष हार्दिक पटेलले पार्टी परित्याग गरेका छन। पार्टीको प्रदेश नेतृत्वप्रति केही समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका पटेलले बुधबार पार्टीको जिम्मेबारीबाट राजीनामा दिएका हुन।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन, 'मैले आज पार्टीको गुजरात प्रदेश कार्य समितिको अध्यक्ष र साधारण सदस्यबाट राजीनामा दिएको छु।' उनले आफ्नो निर्णयबाट आफ्ना सबै सहकर्मी, समकक्षी, सुवेच्छुक र गुजरातका जनता खुशी हुने र स्वागत गर्ने विश्वास पनि व्यक्त गरेका छन।

उनको निर्णयबाट पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले दुःख व्यक्त गरेका छन। उनले पार्टी र पद परित्याग गर्ने निर्णय फिर्ता लिएर पार्टीमै रहन पटेललाई आग्रह गरेका छन। उनले पार्टीका इन्चार्ज र अरु नेताहरुलाई पनि पटेलसँग छलफल गरेर उनका असन्तुष्टिहरु सम्बोधन गर्न र विमती न्युनिकरण गरी विवाद अन्त्य गर्न पनि निर्देशन दिएका छन।

प्रकाशित मिति: १८:५३ बजे, बुधबार, जेठ ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्