Kathmandu Press

भारतमा एक दिनमा एक हजार ५६९ कोरोना सङ्क्रमित

नयाँ दिल्ली, जेठ ४ : भारतमा पछिल्लाे २४ घण्टाको अवधिमा एक हजार ८२९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। याेसँगै भारतमा काेराेना संक्रमितकाे...
भारतमा एक दिनमा एक हजार ५६९ कोरोना सङ्क्रमित

नयाँ दिल्ली, जेठ ४ : भारतमा पछिल्लाे २४ घण्टाको अवधिमा एक हजार ८२९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। याेसँगै भारतमा काेराेना संक्रमितकाे संख्या चार करोड ३१ लाख २७ हजार  १७७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ३३ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २९३ पुगेको छ। यस समयमा भारतमा ७५३ सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय सङ्क्रमित १५ हजार ६४७ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।
 
चौविस घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म दुई हजार ५४९ कोरोना निको भएका छन्। यसैसँगै हालसम्म चार करोड २५ लाख ८७ हजार २५९ लाई कोरोना सङ्क्रमण निको भएको छ।

प्रकाशित मिति: १८:५० बजे, बुधबार, जेठ ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्