Kathmandu Press

अमेरिकाको न्युयोर्कमा फेरि बढ्यो काेराेनाकाे महामारी

न्युयोर्क, जेठ ४ : अमेरिकाको न्युयोर्कमा कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेको छ। अमेरिकाको सबैभन्दा ठूलो सहरको रुपमा रहेको न्युयोर्कमा महामारी फेरि बढ्न थालेपछि...
अमेरिकाको न्युयोर्कमा फेरि बढ्यो काेराेनाकाे महामारी

न्युयोर्क, जेठ ४ : अमेरिकाको न्युयोर्कमा कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेको छ। अमेरिकाको सबैभन्दा ठूलो सहरको रुपमा रहेको न्युयोर्कमा महामारी फेरि बढ्न थालेपछि सतर्कता पनि बढाइएको छ।

महामारीको 'मध्यम खतरा'मा रहेको न्युयोर्क अहिले 'उच्च खतरा'मा बर्गिकृत भएको अधिकारीहरुले जनाएका छन्। मध्यम खोजिमको अवस्थामा भने यही मे महिनाको सुरुमै राखिएको थियो।  

महामारी बढेपछि स्वास्थ्य सेवामा पनि दवाव सृजना भएको छ। महामारी फैलिएकाले मास्क लगाउने, सेनिटाइजरकोे प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्नेलगायतका कार्यमा ध्यान दिन पनि स्वास्थ्य अधिकारीहरुले जोड दिएका छन्।

कोरोना महामारी नियन्त्रण सम्वन्धी निर्देशिकाको कडाइका साथ पालना गर्न पनि अधिकारीहरुले आग्रह गरेका छन्।

कोरोना सर्ने उच्च खोजिमपूर्ण गतिविधिहरु नगर्न र घर बाहिरका गतिविधिहरु पनि कम गर्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन्।

प्रकाशित मिति: १८:४७ बजे, बुधबार, जेठ ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्