Kathmandu Press

दुधौलीको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसको जित

सिन्धुली, जेठ ४ : दुधौली नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपप्रमुखमा नेपाली कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित भएका छन।नेकपा...
दुधौलीको प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा कांग्रेसको जित

सिन्धुली, जेठ ४ : दुधौली नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपप्रमुखमा नेपाली कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित भएका छन।

नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै दनुवार र थारु निर्वाचित भएका हुन। दनुवारले १५ हजार ८३८ तथा  थारुले १४ हजार २१३ मत प्राप्त गरे। प्रमुखका प्रतिद्वन्द्वी एमालेका लक्ष्मण कार्कीले १० हजार ६३५ तथा उपप्रमुखका प्रतिद्वन्द्वी एमालेकै बालकुमारी अधिकारीले १० हजार ६११ मत प्राप्त गरे।

पराजित अधिकारी २०७४ सालमा उपप्रमुखमा निर्वाचित भएका थिए। चौध वडामध्ये कांग्रेसले सात, एमालेले चार र माओवादी केन्द्रले तीन वटामा जित हासिल गरेको छ। कांग्रेस वडा नं १, ३, ४, ५, ६, ७ र ८ मा विजयी भएको छ।

यस्तै एमाले उम्मेदवार वडा नं २, ९, १० र ११ मा तथा  माओवादी केन्द्रका उम्मेदवार वडा नं १२, १३ र १४ मा विजयी भएका छन।

प्रकाशित मिति: १८:४४ बजे, बुधबार, जेठ ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्