Kathmandu Press

इलाम नगरपालिकामा कांग्रेसका थापा र दाहाल विजयी

इलाम,  जेठ ४ : इलाम नगरपालिकाको  प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।प्रमुखमा कांग्रेसका केदार थापा विजयी भए। उनका निकटतम...
इलाम नगरपालिकामा कांग्रेसका थापा र दाहाल विजयी

इलाम,  जेठ ४ : इलाम नगरपालिकाको  प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

प्रमुखमा कांग्रेसका केदार थापा विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धीरेन चेम्जोङलाई दुई हजार ५२८ मतअन्तरले पछि पार्दै उनी विजयी भएका हुन्। 

कांग्रेसका उम्मेदवार थापाले १३ हजार १ सय १५ मत प्राप्त गर्दै विजयी भए भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धीरेन चेम्जोङले १० हजार ५८७ मत प्राप्त गरे।

उपप्रमुखमा कांग्रेसकै विष्णु दाहाल लिम्बूले विजय प्राप्त गरे। उनले १३ हजार ५४२ मत प्राप्त गर्दै विजयी भए।

प्रतिस्पर्धी एमालेकी उम्मेदवार सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गरे। २०४८ सालको स्थानीय निर्वाचनपछि इलाम नगरपालिकामा नेपाली कांग्रेसले पहिलो पटक जित हासिल गरेको हो।

इलाम नगरपालिकामा जम्मा १२ वटा वडा छन्। नौवटा वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने तीन वटा वडामा एमालेका उम्मेदवार अध्यक्ष पदमा विजयी भएका छन्।

प्रकाशित मिति: १७:०८ बजे, बुधबार, जेठ ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्