Kathmandu Press

महोत्तरी गाउँपालिकाअध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपा निर्वाचित

महोत्तरी, जेठ ४ : महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्ष पदमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र उपाध्यक्ष पदमा जनता समाजवादी नेपाल (जसपा) ले विजयी...
महोत्तरी गाउँपालिकाअध्यक्षमा तमलोपा र उपाध्यक्षमा जसपा निर्वाचित
Hardik ivf

महोत्तरी, जेठ ४ : महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्ष पदमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र उपाध्यक्ष पदमा जनता समाजवादी नेपाल (जसपा) ले विजयी प्राप्त गरेको छ। 

तमलोपाका दिलीपकुमार पाण्डेयले दुई हजार ३३६ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अजयजङ्ग रायले दुई हजार २०८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले बताए।

यसैगरी उपाध्यक्ष पदमा जसपाकी दिपोदेवी पासवानले दुई हजार ६४ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी तमलोपाकी ललितादेवी साहले एक हजार ९९१ मत प्राप्त गरेका छन्।

जिल्लाको तीनवटा पालिकाको मतगणना सम्पन्न भइसक्दा नेपाली कांग्रेस एक, नेकपा एमाले एक र तमलोपाले एक जितेका छन्। 

प्रकाशित मिति: १५:४७ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्