Kathmandu Press

पर्साको कालिकामाईमा २१ वर्षीय युवक अध्यक्षमा निर्वाचित

वीरगन्ज, जेठ ४ : पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय वशिष्ट गुप्ता गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्।जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचन लडेका उनी...
पर्साको कालिकामाईमा २१ वर्षीय युवक अध्यक्षमा निर्वाचित

वीरगन्ज, जेठ ४ : पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय वशिष्ट गुप्ता गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्।

जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचन लडेका उनी ३ हजार ७ सय ४३ मत ल्याएर निर्वाचित भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ४२ वर्षीय अजय पटेलले भन्दा ११७ मत बढी ल्याएका थिए। पटेलले ३ हजार ६ सय २६ मत ल्याए।

Hardik ivf

उपाध्यक्षमा जसपाकी उम्मेदवार सहानी खातुनलाई १ सय ११ मतले हराउँदै कांग्रेसकी राजमती बरैनी विजयी भइन्। राजमतीले ३ हजार ९८२ मत  र खातुनले ३ हजार ८५९ मत ल्याए।

कालिकामाईमा ५ वटा वडा छन्। वडा १ मा जसपाका लालबाबु राउत निर्वाचित भएका हुन्। २ मा एमालेका सोनालालप्रसाद चौरसिया र ३ मा जसपाका सञ्जय कुमार पटेल पुनर्निर्वाचित भए।

वडा ४ मा कांग्रेसका सञ्जय कुमार साह र ५ मा जसपाका जय नारायण प्रसाद कुर्मी विजयी भए। 

प्रकाशित मिति: १५:२३ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्