झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी
झापा, जेठ ४ : बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका देवेन्द्रप्रसाद चम्लगाईंले सात हजार १४८ मत प्राप्त गरी...
झापा, जेठ ४ : बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ ।
अध्यक्षमा एमालेका देवेन्द्रप्रसाद चम्लगाईंले सात हजार १४८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनका खड्गप्रसाद राजवंशीले ४ हजार ३६१ मत प्राप्त गरेका छन्।
यसैगरी उपाध्यक्षमा एमालेकै शान्ता शिवाकोटी खरेलले ६ हजार ६३६ मत प्राप्त गरी निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका कमला राजवंशीले ४ हजार १९५ मत प्राप्त गरेका हुन्।
सात वडा रहेको बाह्रदशीमा चार वटा वडामा कांग्रेस तथा एकएक वडामा एमाले, राप्रपा र स्वतन्त्रले अध्यक्षमा विजय हािसल गरेका छन्।
प्रकाशित मिति: १४:३७ बजे, बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












