Kathmandu Press

सप्तरीको तिरहुत गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

सप्तरी, जेठ ४ : सप्तरीको तिरहुत गाउँपालिकामा जसपालाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। निर्वाचन अधिकृत कार्यालयबाट प्राप्त जानकारीअनुसार जिल्लाको...
सप्तरीको तिरहुत गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

सप्तरी, जेठ ४ : सप्तरीको तिरहुत गाउँपालिकामा जसपालाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। निर्वाचन अधिकृत कार्यालयबाट प्राप्त जानकारीअनुसार जिल्लाको तिरहुत गाउँपालिका अध्यक्षमा विजय यादव निर्वाचित भएका छन्। उनी तीन हजार ५५६ मत ल्याएर सो गाउँपालिकामा विजयी भए।

उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका हेमन्तकुमार बहडखेर यादवले दुई हजार ९८६  मतमात्र ल्याए ।  

यस्तै उपाध्यक्षमा कांग्रेसकै विनादेवी गोइत यादव निर्वाचित भएकी छन् । उनले तीन हजार ५१ मत ल्याइन्। उनका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकै उपाध्यक्षका उमेदवार रामवतीदेवी मण्डलले तीन हजार २० मत ल्याइन्। 

प्रकाशित मिति: १२:१९ बजे, बुधबार, जेठ ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्