Kathmandu Press

पाँचखालमा महेश खरेललाई शुरुआति अग्रता

काभ्रे, जेठ ४ : काभ्रेको पाँचखालमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेलले शुरुआति अग्रता लिएका छन्।गएरातिबाट शुरु भएको मतगणनामा ५४० मत गन्दा खरेलले ३०६...
पाँचखालमा महेश खरेललाई शुरुआति अग्रता

काभ्रे, जेठ ४ : काभ्रेको पाँचखालमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेलले शुरुआति अग्रता लिएका छन्।

गएरातिबाट शुरु भएको मतगणनामा ५४० मत गन्दा खरेलले ३०६ मत प्राप्त गरेका छन। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का कञ्चन अधिकारीले १९६ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपमेयरमा नेकपा (माओवादी केन्द्र) का चेतप्रसाद गौतमले २४२ मत प्राप्त गरेका छन भने एमालेका उम्मेदवार सूर्यमया दनुवारले १३० मत प्राप्त गरेकी छिन्।

पाँचखालमा नेपाली कांग्रेस र माओवादीबीच तालमेल भएको थियो भने एमाले एक्लै लडेको थियो।

प्रकाशित मिति: ०८:२४ बजे, बुधबार, जेठ ४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्