गुर्भाकोट र लेकबेँसी नगरपालिकामा कांग्रेस निर्वाचित
वीरेन्द्रनगर, जेठ ४ : सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेयर र उपमेयरमा पुनः कांग्रेस उम्मदेवार दोहोरिएका छन्।कांग्रेसका मेयर पदका उम्मेदवार हस्त पुनले नेकपा (एमाले) का...
वीरेन्द्रनगर, जेठ ४ : सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेयर र उपमेयरमा पुनः कांग्रेस उम्मदेवार दोहोरिएका छन्।
कांग्रेसका मेयर पदका उम्मेदवार हस्त पुनले नेकपा (एमाले) का तिलक खत्रीलाई एक हजार ७९२ मत पराजित गरेका छन्। पुनले ११ हजार ९७८ र उनका निकटतम् प्रतिद्वन्द्वी खत्रीले १० हजार १८६ मत प्राप्त गरे।
उपमेयरमा मैना विकले ११ हजार ७४३ मत प्राप्त गरी विजयी भइन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सुशीला विश्वकर्माले १० हजार २९९ मत प्राप्त गरिन्।
लेकबेँसी नगरपालिकाको मेयरमा कांग्रेसका उमेशकुमार पौडेल र उपमेयरमा एमालेकी विमला खड्लुक विजयी भएका छन्। एमालेका देवबहादुर रानालाई २६५ मतान्तरले पराजित गर्दै पौडेलले ६ हजार ६३९ मत ल्याएर निर्वाचित भएका हुन्।
उपमेयरमा निर्वाचित एमाले उम्मेदवार खड्लुकले ६ हजार १०९ र उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) देउकली थापामगरले पाँच हजार ४४० मत प्राप्त गरिन्।












