Kathmandu Press

हल्दिबारीमा अध्यक्ष-उपाध्यक्षमा राप्रपा निर्वाचित

झापा, जेठ ४ : झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रविन्द्रप्रसाद लिङदेन पुनः निर्वाचित भएका छन्।उनले एमालेका डम्बर गिरीलाई एक हजार...
हल्दिबारीमा अध्यक्ष-उपाध्यक्षमा राप्रपा निर्वाचित

झापा, जेठ ४ : झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट रविन्द्रप्रसाद लिङदेन पुनः निर्वाचित भएका छन्।

उनले एमालेका डम्बर गिरीलाई एक हजार १९० को मतान्तरले पराजित गरेका छन्। उनले ६ हजार ८५६ मत पाए भने निकटतम् प्रतिद्वन्द्वी गिरीले चार हजार ६६६ मत पाए।

त्यस्तै अध्यक्षका उम्मेदवार बनेका कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र माओवादी केन्द्रका भवानीप्रसाद दङ्गालले एक हजार १४९ मत पाएका छन्।

उपाध्यक्षमा राप्रपाकी लक्ष्मीदेवी मैनाली नै निर्वाचित भएकी छन्। उनले पाँच हजार ७८ मत पाएकी छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका शान्तादेवी गौतमले चार हजार १०६ मत पाएकी छन्।

माओवादी केन्द्रकी टीकादेवी राउतले एक हजार ४५३ र कांग्रेसबाट बागी स्वतन्त्र उम्मेदवार लखन हेमरमले तीन हजार ७०० मत पाए।

प्रकाशित मिति: ०६:५८ बजे, बुधबार, जेठ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्