Kathmandu Press

प्रधान सेनापति शर्मा र फ्रान्सेली कार्यवाहक राजदूतबीच भेटवार्ता

काठमाडाैं, जेठ ३ : प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत लीला देवराड्जलोउबीच जङ्गी अड्डामा भेटघाट भएको छ। प्रधान सेनापति...
प्रधान सेनापति शर्मा र फ्रान्सेली कार्यवाहक राजदूतबीच भेटवार्ता

काठमाडाैं, जेठ ३ : प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत लीला देवराड्जलोउबीच जङ्गी अड्डामा भेटघाट भएको छ। प्रधान सेनापति शर्माको कार्यकक्षमा आज भएको उक्त भेटघाटमा मित्रराष्ट्र फ्रान्सका गैह्रआवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीको समेत उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भेटवार्तापश्चात् फ्रान्सका गैह्रआवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीले सैनिक इन्टेलिजेन्स निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर थापा तथा विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी यामप्रसाद ढकालसँग भेटघाट गरेका थिए। साथै  उनीहरुले महाराजगञ्जस्थित प्यारा तालिम शिक्षालयको अवलोकन भ्रमणसमेत गरेकाे निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति: २०:५९ बजे, मंगलबार, जेठ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्