Kathmandu Press

पोर्चुगलमा बृहत् शोभायात्रा : गुञ्जियो बुद्धध्वनि

लिस्बन, जेठ ३ : विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६६औँ जन्मजयन्तीको अवसर पारेर युरोपेली मुलुक पोर्चुगलमा विविध कार्यक्रमसहित बुद्धजयन्ती मनाइएको छ। सोमबार राजधानी...
पोर्चुगलमा बृहत् शोभायात्रा : गुञ्जियो बुद्धध्वनि
Hardik ivf

लिस्बन, जेठ ३ : विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६६औँ जन्मजयन्तीको अवसर पारेर युरोपेली मुलुक पोर्चुगलमा विविध कार्यक्रमसहित बुद्धजयन्ती मनाइएको छ।
 
सोमबार राजधानी लिस्बनमा बृहत् शोभायात्रासहित विविध कार्यक्रमको आयोजना गरेर बुद्धजयन्ती मनाइएको हो। लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्यदूतको कार्यालयको संयोजन तथा नेपाली सङ्घसंस्थाहरुको सक्रियतामा बृहत् शोभा यात्रा निकालिएको हो। बुद्धका तस्बीर, बुद्धवाणी र उपदेश लिखित प्लेकार्ड तथा ब्यानर, राष्ट्रिय झण्डा, बुद्धका शान्ति सन्देश, सांस्कृतिक वेशभूषासहित निकालिएको शोभायात्राले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गरेको थियो। र्‍यालीमा बुद्धम् शरणम् गच्छामि, धम्मं शरणम् गच्छामि, सङ्घम् शरणम् गच्छामि वाचन गर्दै बुद्ध ध्वनिसमेत गुञ्जाइएको थियो। शोभायात्रामा पोर्चुगलमा रहेका नेपाली, बौद्ध धर्मगुरु स्वदेशी तथा विदेशी बौद्ध अनुयायीहरुको सहभागिता रहको थियो।
 
रोसियोस्थित प्रासा दि कमर्सियोबाट सुरु भएको शोभायात्रा मार्तिम मुनिज पार्कमा आएर समापन भएको थियो। शोभायात्रापछि आयोजित कार्यक्रममा बौद्ध धर्मगुरु दावा लामाले बुद्ध र बुद्ध उपदेशका बारेमा संक्षिप्त प्रवचन दिएका थिए। सो अवसरमा बुद्धजयन्ती मूल समारोह समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले शोभा यात्रामा सहभागीलाई धन्यवाद दिँदै बुद्धका ज्ञान, दर्शन र उपदेशको अनुसरण गर्नुपर्नेमा जोड दिए। नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष हेम गुरुङ, महावाणिज्यदूतको कार्यालयका जिपी सुवेदीलगायतले शुभकामना मन्तव्य दिएका थिए। यसअघि धर्मगुरुद्वारा भगवान् बुद्धको पूजाअर्चना गरिएको थियो।
 
बुद्ध र बुद्धभूमि नेपालको प्रचारप्रसार गर्ने तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यका साथ विशेष कार्यक्रमको आयोजना गरेर विदेशीभूमिमा बुद्धजयन्ती मनाइएको महावाणिज्यदूत हमालले बताए।

प्रकाशित मिति: २०:४६ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्