Kathmandu Press

नेपालका लागि भारतीय राजदूतमा श्रीवास्तव नियुक्त

काठमाडाैं, जेठ ३ : भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ। हाल परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उgलाई आज नेपालका...
नेपालका लागि भारतीय राजदूतमा श्रीवास्तव नियुक्त

काठमाडाैं, जेठ ३ : नेपालका लागि भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई मंगलबार नेपालकाे राजदूतमा नियुक्त गरेकाे हाे।

उनी परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत थिए।  श्रीवास्तव सन् १९९३ मा परराष्ट्र सेवा प्रवेश गरेका थिए।

चीन मामिलाका जानकारका रूपमा रहेका श्रीवास्तव चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भइसकेका छन् ।

निवर्तमान राजदूत विनयमोहन क्वात्रा भारतीय विदेश सचिवमा नियुक्त भएपछि नेपालका लागि भारतीय राजदूत खाली थियो। श्रीवास्तवले केही दिनमै कार्यभार सम्हाल्ने बताइएको छ।

प्रकाशित मिति: १९:३३ बजे, मंगलबार, जेठ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्