Kathmandu Press

भरतपुरमा पाँच दलीय गठबन्धनको अग्रता कायमै

चितवन, जेठ ३ : भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ। पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार रहेकीन...
भरतपुरमा पाँच दलीय गठबन्धनको अग्रता कायमै
Hardik ivf

चितवन, जेठ ३ : भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ। पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार रहेकीन नेकपा(माओवादी केन्द्र)की रेनु दाहालले ६ हजार ९२७ मतका साथ अग्रता लिएकी हुन।

नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ६ हजार ६७२ मतका साथ उनलाई पच्छ्याइरहेका छन। यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ३९१ मत प्राप्त गरेका छन। उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले आठ हजार ४२८ र राप्रपाका हिमला गुरुङले पाँच हजार ५०० मत प्राप्त गरेका छन।
 
हाल भरतपुर महानगरपालिका–५ को मत गणना जारी रहेको छ। वडाध्यक्षमा गठबन्धनका युद्धप्रसाद श्रेष्ठले एक हजार ४६४ मत र एमालेका पदमपाणि सुवेदीले एक हजार ३५३ मत प्राप्त गरेका छन। यसअघि महानगरको वडा नं १, २ र ४ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन भने वडा नं ३ मा  एमालेका वडाध्यक्ष निर्वाचित भएका छन।
 
भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ। यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जीत हासिल गरेको छ। इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठबन्धनको अग्रता कायम गरेको छ।

प्रकाशित मिति: १९:१७ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्