Kathmandu Press

बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

दमाैली, जेठ ३ : तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापा र...
बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

दमाैली, जेठ ३ : तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङ विजयी भएका छन। अध्यक्षमा ६३ र उपाध्यक्षमा दुई मतको अन्तर परेको छ।

अध्यक्षमा विजयी थापाले तीन हजार २२९ मत प्राप्त गरे। प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का पूर्णसिं थापाले तीन हजार १६६ मत प्राप्त गरे। उपाध्यक्षमा विजयी गुरुङले तीन हजार २७ मत प्राप्त गरे। प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का करुणा गुरुङले तीन हजार २५ मत प्राप्त गरे।

Hardik ivf

छवटा वडामध्ये बन्दीपुरमा नेकपा एमालेले तीन, नेकपा माओवादी केन्द्रले दुई र नेपाली कांग्रेसले एक वडा जितेको छ। एमालेले वडा नं १, ४ र ६, नेकपा माओवादी केन्द्रले २ र ५ तथा कांग्रेसले ३ नं वडा जितेको छ। कूल १५ हजार ६३८ मतदातामध्ये निर्वाचनमा १० हजार २०५ मत खसेको थियो।

ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

तनहुँको ऋषिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ। गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ तीन हजार ३३५ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन।

निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार श्रीराम आलेले तीन हजार ३३ मत प्राप्त गरे। नेकपा एमालेका हरिराज कँडेलले दुई हजार ७९२ मत प्राप्त गरे।

उपाध्यक्षमा गिनुमाया थापा चार हजार ४२९ मत प्राप्त गरी निर्वाचित भएकी छन। प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मधुसिं थापाले तीन हजार ४८९ मत प्राप्त गरे। विजयी थापा पनि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन। १८ हजार ८३८ मतदाता रहेको गाउँपालिकामा १० हजार ६७७ मत खसेको थियो।

आठ वडा रहेको गाउँपालिकामा नेपाली कांग्रेसले पाँच, स्वतन्त्र उम्मेदवारले दुई र नेकपा माओवादी केन्द्रले एक वडामा जीत हासिल गरेको छ।

प्रकाशित मिति: १९:०८ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्