धादिङमा सात पालिकाको मतगणना सकियो
धादिङ, जेठ ३ : धादिङको सातवटा पालिकाको मतगणना सम्पन्न भएको छ। मतगणना व्यवस्थित गरेर गणना गर्दा छिटो सकिएको छ भने केही पालिकामा मतदाता...
धादिङ, जेठ ३ : धादिङको सातवटा पालिकाको मतगणना सम्पन्न भएको छ। मतगणना व्यवस्थित गरेर गणना गर्दा छिटो सकिएको छ भने केही पालिकामा मतदाता सङ्ख्यासमेत थोरै रहेको छ।
सात पालिकाममध्ये तीनवटा पालिकामा नेपाली कांग्रेस, दुईवटामा नेकपा (माओवादी केन्द्र), एक पालिकामा नेकपा एमाले र एउटा पालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ। माओवादी केन्द्रका तर्फबाट रुबीभ्याली गाउँपालिका अध्यक्षमा रामसिंह तामाङ र गजुरी गाउँपालिका अध्यक्षमा गणेशलाल श्रेष्ठ विजयी भएका छन।
नेपाली कांग्रेसका तर्फबाट खनियाबास गाउँपालिका अध्यक्षमा रणबहादुर तामाङ, नेत्रावती डबजोङ गाउँपालिका अध्यक्षमा मेघनाथ रिजाल र ज्वालामुखी गाउँपालिका अध्यक्षमा यमनाथ दनै निर्वाचित भए। गल्छी गाउँपालिका अध्यक्षमा एमालेका केदार खतिवडा र धुनिबेँसी नगरपालिकामा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भए।
यसैगरी गाउँपालिका उपाध्यक्षहरुमा नेपाली कांग्रेसका तर्फबाट रुबीभ्यालीबाट फे लामा तामाङ, नेत्रावती डबजोङ गाउँपालिकाबाट सीतामाया गुरुङ, गल्छी गाउँपालिकाबाट भाइकाजी तिवारी, धुनिबेँसी नगरपालिकामा सुरज उप्रेती निर्वाचित भएका छन।
नेकपा माओवादीले खनियाबास गाउँपालिका उपाध्यक्षमा सेक्केमान तामाङ र ज्वालामुखी गाउँपालिकामा एकीकृत समाजवादी धर्म अर्याल निर्वाचित भएका छन। अब एक नगरपालिका र पाँच गाउँपालिकाको मतगणना भइरहेकाले नतिजा आउन बाँकी रहेको छ।











