Kathmandu Press

थप १९ जनामा काेराेना सङ्क्रमण पुष्टि

काठमाडाैं, जेठ ३ : आज थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार...
थप १९ जनामा काेराेना सङ्क्रमण पुष्टि

काठमाडाैं, जेठ ३ : आज थप १९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा चार हजार १९७ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १४९ जना छन्। पछिल्लो समय आठजना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९२१ पुगेको छ। यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

शून्य सङ्क्रमित भएको ३१ जिल्ला पुगेका छन्। नेपालमा सङ्क्रमण दर १७.३ प्रतिशत छ। नेपालमा प्रति १० लाखमा ३९३.४ को निधन भएको छ। हाल होम आइसोलेशनमा १४९ जना रहेका छन्।

प्रकाशित मिति: १८:३५ बजे, मंगलबार, जेठ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्