Kathmandu Press

राष्ट्रियसभामा आठ अध्यादेश पेस

काठमाडाैं, जेठ ३ : राष्ट्रियसभाको आजको बैठकमा विभिन्न आठ अध्यादेश पेस गरिएको छ। बैठकमा गृहमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा...
राष्ट्रियसभामा आठ अध्यादेश पेस

काठमाडाैं, जेठ ३ : राष्ट्रियसभाको आजको बैठकमा विभिन्न आठ अध्यादेश पेस गरिएको छ। बैठकमा गृहमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ ले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश, २०७८ पेस गर्नुभएको थियो।

उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको तर्फबाट औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०७९ लाई पनि सभासमक्ष पेस गरेका थिए। 

Hardik ivf

उनले नै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको तर्फबाट रेलवे अध्यादेश, २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ र यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश,२०७८ लाई पनि पेस गरे।

माथिल्लो सदनमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट विभिन्न मितिमा मन्त्रिपरिषद् गठन, कार्यभार तोकिएको र राष्ट्रियसभा सदस्य मनोनयनसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराउनुभएको थियो।

बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य लक्ष्मीदास मानन्धर पहिलो संविधानसभा सदस्य जगतबहादुर ताजपुरीया, दोस्रो संविधानसभा सदस्य दुमनसिंह थापा र प्रतिनिधिसभाका पूर्वसदस्य विष्णुराज आचार्यको निधनप्रति शोक प्रस्तावसमेत पारित गरिएको थियो। बैठक आजै साँझ ५ बजेसम्मका लागि स्थगित भएको छ। 

प्रकाशित मिति: १७:५२ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्