Kathmandu Press

खनियावासमा कांग्रेसका तामाङ दोस्रो कार्यकालका लागि निर्वाचित 

काठमाडौं, जेठ ३ : उत्तरी धादिङको खनियाबास गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका रणबहादुर तामाङ विजयी भएका हुन् । तामाङले एक...
खनियावासमा कांग्रेसका तामाङ दोस्रो कार्यकालका लागि निर्वाचित 
Hardik ivf

काठमाडौं, जेठ ३ : उत्तरी धादिङको खनियाबास गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका रणबहादुर तामाङ विजयी भएका हुन् । तामाङले एक हजार ६०९ मत प्राप्त गरी विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्रका फूलबहादुर तामाङले एक हजार ३९६ मत प्रप्त गरेका छन्। 

तामाङ दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उपाध्यक्षमा गठबन्धनकाबाट नेकपा माओवादी केन्द्रका सेक्केमान तमाङले एक हजार ८२७ प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी राप्रपाबाट मरियम तामाङले एक हजार २२७ मत प्रप्त गरिन्। 

प्रकाशित मिति: १६:३७ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्