Kathmandu Press

धनुषाको धनौजीमा कांग्रेस र जनकनन्दनीमा जसपाको जित

धनुषा, जेठ ३ : धनुषाको धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।अध्यक्षमा दुई हजार २६२ प्राप्त गरी राजकुमार साहले...
धनुषाको धनौजीमा कांग्रेस र जनकनन्दनीमा जसपाको जित

धनुषा, जेठ ३ : धनुषाको धनौजी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षमा दुई हजार २६२ प्राप्त गरी राजकुमार साहले जित हासिल गरेका छन् भने उपाध्यक्षमा रामवतीदेवी मण्डल दुई हजार ४३० मतका साथ विजयी भएको हुन्।

साहका प्रतिस्पर्धी लोपसाका जीवेन्द्र झाले दुई हजार १६२ तथा उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी लोसपाकै रञ्जितादेवी मण्डलले एक हजार ९०१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए।

पाँच वडा रहेको सो गाउँपालिकामा १३ हजार ६८५ मतदाता छन्। 

यसैगरी धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षमा तीन हजार १५८ मत प्राप्त गरी जसपाका दिपीनदेव यादव र उपाध्यक्षमा कांग्रेसका कमला सहगल दुई हजार ९९८ मतसहित निर्वाचित भए।

यादवले नेपाली कांग्रेसका सुदेशकुमार चौधरीलाई ३८० मतान्तरले पराजित गरे भने उपाध्यक्षमा सहगलले जसपाका गीता सुडीलाई १५८ मतान्तरले पराजित गरिन्।

६ वडा रहेको सो गाउँपालिकामा कूल १६ हजार ६३३ मतदाता रहेका छन्।  

प्रकाशित मिति: १६:३६ बजे, मंगलबार, जेठ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्