सङ्खुवासभाको मादी नगरपालिकामा एमाले विजयी
सङ्खुवासभा, जेठ ३ : सङ्खुवासभाको मादी नगरपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन्। मादी नगरपालिका प्रमुखमा एमालेका जीवन लिङ्थेपले चार हजार ३३१ मत ल्याएर विजयी...
सङ्खुवासभा, जेठ ३ : सङ्खुवासभाको मादी नगरपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन्।
मादी नगरपालिका प्रमुखमा एमालेका जीवन लिङ्थेपले चार हजार ३३१ मत ल्याएर विजयी भएका हुन्।
आज दिउँसो सार्वजनिक अन्तिम मतपरिणामअनुसार प्रमुख लिङथेपले १६ सय ५५ मत अन्तरले माओवादी केन्द्रका दावाछत्र शेर्पालाई पराजित गरेका छन्। उनका निकतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट प्रमुख उम्मेदवार शेर्पाले दुई हजार ६७६ मत मात्र ल्याएका छन्।
त्यस्तै उपप्रमुखमा एमालेकै सुनितादेवी भट्टराई विजयी भएकी छ। कांग्रेसका शेर्पालाई ८८२ मत अन्तरले पछि पार्दे उपप्रमुख भट्टराई उपप्रमुख पदमा विजयी भएका हुन्। उपप्रमुख चार हजार ११० मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पासाङ शेर्पाले तीन हजार २२८ मत पाए। मादी नगरपालिकामा यसअघि प्रमुख उपप्रमुख नै एमालेले जितेको थियो।












