Kathmandu Press

दैलेखको नारायण नगरमा एमाले निर्वाचित

दैलेख, जेठ ३ : दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका छन्।एमालेका लोमन शर्माले गठबन्धनबाट प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका निर्मलाकुमारी...
दैलेखको नारायण नगरमा एमाले निर्वाचित

दैलेख, जेठ ३ : दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका छन्।

एमालेका लोमन शर्माले गठबन्धनबाट प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका निर्मलाकुमारी खड्का थापालाई ७९ मतान्तरले पराजित गरे। 

प्रमुखमा निर्वाचित शर्माले पाँच हजार ४३६ मत प्राप्त गरे। थापाले पाँच हजार ३५७ मत प्राप्त गरिन्।

उपप्रमुखमा एमालेको तप्ताकुमारी खड्काले गठबन्धनकै उम्मेदवार नेकपा एकीकृत समाजवादीको सावित्री मल्ललाई १ हजार ८३५ मतान्तरले पराजित गरिन्।

उपप्रमुखमा निर्वाचित खड्काले ५ हजार ६७३ मत प्राप्त गर्नुभएको छ । 

प्रकाशित मिति: १६:१४ बजे, मंगलबार, जेठ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्