Kathmandu Press

इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी

इलाम, जेठ ३ : चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ विजयी भएका छन्। नेकपा एमालेका ओम नारायण खनाललाई दुई हजार ८९५ मतान्तरले पछि पार्दै...
इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस विजयी

इलाम, जेठ ३ : चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ विजयी भएका छन्। 

नेकपा एमालेका ओम नारायण खनाललाई दुई हजार ८९५ मतान्तरले पछि पार्दै उहाँ गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् । केरुङले छ हजार ६५० मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी खनालले तीन हजार ७५५ मत ल्याएका छन् । यसैगरी नेकपा (एकीकृत समाजवादी) का नारायण लावतीले ५०५ मत ल्याएका छन्

त्यस्तै गाउँपलिकाको उपाध्यक्षमा नेकपा एमालेकी दिलकुमारी लिम्बू (लावती)ले चार हजार ४५० मत ल्याएर विजयी भइन्। उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का सुकबहादुर लावतीले तीन हजार ४४२ मत ल्याएकी हुन्। 

सो गाउँपालिकामा कूल १८ हजार ५८० मतदातामध्ये १२ हजार ८९४ मत खसेको थियो।

प्रकाशित मिति: १५:४२ बजे, मंगलबार, जेठ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्