Kathmandu Press

तापलेजुङको सिदिङ्वामा एमाले र उपाध्यक्षमा गठबन्धन विजयी

काठमाडौं, जेठ ३ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई र उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया (बन्दना) एक मतले विजयी भए।राई...
तापलेजुङको सिदिङ्वामा एमाले र उपाध्यक्षमा गठबन्धन विजयी

काठमाडौं, जेठ ३ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको अध्यक्षमा एमालेका मानबहादुर राई र उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया (बन्दना) एक मतले विजयी भए।

राई तीन हजार ८५ मतका साथ अध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वीले दुई हजार ३८२ मत प्राप्त गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । उनीहरुको ७०३ मतको मत अन्तर रहेको छ। 

उपाध्यक्षमा गठबन्धनतर्फ माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरीया (बन्दना) एक मतान्तरले विजयी हुनुभएको छ । कडरियाले दुई हजार  ३७६ र स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङले दुई हजार ३७५ मत प्राप्त गरे। कडरीया माओवादीबाट अघिल्लो पटक सोही पालिकाको उपाध्यक्षमा निर्वाचित भएका थिए । ताम्लिङले गठबन्धनको निर्देशन नमानेको र पार्टीले कारबाही गरेसँगै उहाँ स्वतन्त्ररुपमा उम्मेदवार बनेका थिए। 

प्रकाशित मिति: १५:३९ बजे, मंगलबार, जेठ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्