Kathmandu Press

सिमकोट गाउँपालिकामा माओवादीका भण्डारी विजयी

हुम्ला, जेठ ३ : हुम्लाको सिमकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) का विजय भण्डारी (प्रतिरोध) ले...
सिमकोट गाउँपालिकामा माओवादीका भण्डारी विजयी

हुम्ला, जेठ ३ : हुम्लाको सिमकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

नेकपा (माओवादी केन्द्र) का विजय भण्डारी (प्रतिरोध) ले दुई हजार ८८२ मत ल्याएर सो गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्रबहादुर शाहीले एक हजार ९६९ मत ल्याएका हुन्। 
 
यसैगरी नेपाली कांग्रेसका सुशीला रोकायाले दुई ४७४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएकी छन्। उनका निकटतम् प्रतिद्वन्द्वी प्रतिमा लामाले एक हजार ४५७ मत ल्याएकी छन्। 

प्रकाशित मिति: १५:२४ बजे, मंगलबार, जेठ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्