Kathmandu Press

नेपालगन्जमा कांग्रेसका प्रशान्त विष्ट अगाडि

नेपालगञ्ज, जेठ ३ : स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता दोब्बर बनाएको छ। गठबन्धनको तर्फबाट कांग्रेसका नगरप्रमुख उम्मेदवार प्रशान्त विष्टले ८ हजार...
नेपालगन्जमा कांग्रेसका प्रशान्त विष्ट अगाडि

नेपालगञ्ज, जेठ ३ : स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता दोब्बर बनाएको छ। 

गठबन्धनको तर्फबाट कांग्रेसका नगरप्रमुख उम्मेदवार प्रशान्त विष्टले ८ हजार ३४० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका पशुपति मिश्रले ४ हजार ३७७ प्राप्त गरेका छन्। त्यस्तै राप्रपाका नन्दलाल वैश्यले तीन हजार ३६१ मत प्राप्त गरेका छन्। 

Hardik ivf

यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्धिन राईले छ हजार ७८८ मतका साथ अग्रता लिइरहेका छन्। उनका प्रतिस्पर्धी राप्रपाका बिन्दु धर्तीमगरले ४ हजार ३६१ मत प्राप्त गरेका छन्।

नेपालगञ्जमा अहिलेसम्म १, २, ३, ४, ५ १९, २०, २१, २२ र २३ वडाको मत गणना सकिएको छ। अहिले वडा ६, ७ र १८ को मतगणना भइरहेको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए। 

प्रकाशित मिति: १४:४८ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्