चन्द्रागिरिमा गठबन्धनका गिरीकाे अग्रता
काठमाडौं, जेठ ३ : काठमाडौंको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिएका छन्।अहिलेसम्म गणना भएको १९ हजार ५०० मतमध्ये...
काठमाडौं, जेठ ३ : काठमाडौंको चन्द्रागिरि नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिएका छन्।
अहिलेसम्म गणना भएको १९ हजार ५०० मतमध्ये गठबन्धनको तर्फबाट नगरप्रमुख पदका उम्मेदवार गिरिले आठ हजार ८३० मत ल्याई अग्रस्थानमा रहेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तमबहादुर राउतले ७ हजार १५० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सिर्जना थपलियाले जानकारी दिनुभयो।
यस्तै, उपप्रमुखमा एमालेले अग्रता लिएको छ। एमालेका वसन्ती श्रेष्ठले आठ हजार १२८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमोर्चाका रोशन दानीले २ हजार ८९ मत प्राप्त गरेका छन्।
हालसम्म चन्द्रागिरिका सातवटा वडाको मतगणना सम्पन्न भइसकेको निर्वाचन अधिकृत थपलियाले बताए। अहिले चन्द्रागिरिमा वडा ८, ९ र १० को मतगणना भइरहेको छ।
कुल मतगणना भएका मतमध्ये नगरप्रमुखमा १ हजार ९४९ र उपप्रमुखमा ५ हजार ६१६ मत बदर भएको निर्वाचन अधिकृत पोखरेलले बताए।
कूल ४७ हजार २६४ मतदाता रहेको चन्द्रागिरिमा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन कार्यालय चन्द्रागिरिले जनाएको छ। चन्द्रागिरि काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठुलो नगरपालिका हो।












