Kathmandu Press

संखुवासभाको भोटखोलामा एमाले निर्वाचित

संखुवासभाको भोटखोलामा एमाले निर्वाचित

संखुवासभा, जेठ ३ : सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । 

एमालेका वाङ छेदर भोटे एक हजार ८०३ मत प्राप्त गरी प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का चुङदाक भोटेलाई ३८७ मतान्तरले  पराजित गर्दै भोटखोलाको अध्यक्ष विजयी भएका हुन्। 

त्यस्तै उपाध्यक्षमा एमालेकै साहना लामा विजयी भएकी छन्। उनले नेपाली कांग्रेसका डुक्पा थिकेपा भोटेलाई २५५ मतान्तरले पछि पार्दै उपाध्यक्ष पदमा विजयी भएकी हुन् । भोटखोलामा यसअघि अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको थियो ।  

प्रकाशित मिति: १३:३९ बजे, मंगलबार, जेठ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्