Kathmandu Press

सुनको मूल्य प्रतितोला ९६ हजार ७००

काठमाडौं, जेठ ३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७०० तोकिएको छ ।  अघिल्लो दिन प्रतितोला ९६ हजार ५०० मा...
सुनको मूल्य प्रतितोला ९६ हजार ७००

काठमाडौं, जेठ ३ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७०० तोकिएको छ ।  अघिल्लो दिन प्रतितोला ९६ हजार ५०० मा कारोबार भएको थियो ।     

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार थियो ।     

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२५ डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित मिति: १३:१० बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्