Kathmandu Press

कास्कीको माछापुच्छ्रेमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र

कास्कीको माछापुच्छ्रेमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र

कास्की, जेठ ३ : स्थानीय तह सदस्य निर्वाचनमा कास्कीको माछापुच्छ्रे गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र प्रदान गरिएको छ।

गाउँपालिका नवनिर्वाचित अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारीसहित वडाध्यक्ष तथा सदस्यलाई निर्वाचन अधिकृत नवराज दङ्गालले निर्वाचित भएको  प्रमाणपत्र प्रदान गरेका हुन्। गाउँपालिकाको अन्तिम मत परिणामअनुसार कांग्रेसका मीनबहादुर गुरुङ सात हजार ९९ मतसहित अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार विक्रम गुरुङले छ हजार ६१७ मत ल्याएका थिए। 

Hardik ivf

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सीता अधिकारीले छ हजार ३७६ मत प्राप्त गरी विजयी हुँदा एमालेका सीता तिवारीले पाँच हजार ९५१ मत प्राप्त गरेका थिए । नौ वडा रहेको गाउँपालिकामा नेपाली कांग्रेसले वडा नं १, २, ३, ४, ५, ८ र ९ मा जित हासिल गरेको छ । यसैगरी नेकपा (माओवादी केन्द्र)ले वडा नं ७ र नेकपा (एमालेले) वडा नं ६ मा विजयी भएको छ।

गाउँपालिकाको वडा नं १ मा कांग्रेसका इन्द्रबहादुर गुरुङ, वडा नं २ मा गणेश आचार्य, वडा नं ३ मा हरिश्चन्द्र लम्साल, वडा नं ४ मा मधुसुदन अधिकारी, वडा नं ५ मा नारदप्रसाद पौडेल, वडा नं ६ मा एमालेका टेकनाथ गौतम, वडा नं ७ मा माओवादी (केन्द्र)का बैकुण्ठ भण्डारी, वडा नं ८ मा काँग्रेसका राम गुरुङ र वडा नं ९ मा हरिबहादुर क्षेत्री विजयी भएका छन्।

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित आठ वडा नेकपा एमाले र एक वडा नेपाली कांग्रेसले जितेको थियो।  

प्रकाशित मिति: १३:०७ बजे, मंगलबार, जेठ ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्