Kathmandu Press

धनुषाको जनकनन्दनीमा जसपाका यादव विजयी

जनकपुरधाम, जेठ ३ : धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन्...
धनुषाको जनकनन्दनीमा जसपाका यादव विजयी

जनकपुरधाम, जेठ ३ : धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीका दिपीनदेव यादवले तीन हजार १५८ मत प्राप्त गरी विजय हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेशकुमार चौधरीले दुई हजार ७७८ मत प्राप्त गरेको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले दिए। 
 
यसैगरी उपाध्यक्षमा  कांग्रेसका कमला सहगल दुई हजार ९९८ मतसहित निर्वाचित भएकी छन्। उनका निकटतम् प्रतिद्वन्द्वी जसपाका गीता सुडीले दुई हजार ८४० मत प्राप्त गरे। 

कूल छवटा वडा रहेको सो गाउँपालिकामा कूल १६ हजार ६३३ मतदाता रहेका थिए । तीमध्ये गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ११ हजार ६३० जनाले मतदान गरेको थिए।

यसैबीच जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ को वडाध्यक्षमा कांग्रेसका सुरेश झा ८३३ मतसहित निर्वाचित भएका छन् भने वडा नं ५ को वडाध्यक्षमा एमालेका बेचन साह २९१ मतसहित विजयी भएका छन्। 

प्रकाशित मिति: १२:०२ बजे, मंगलबार, जेठ ३, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्